उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको काखमा रहेको ऐतिहासिक बाइसे चौबिसे राज्य अन्तरगतको गुल्मि राज्यको राजधानी गुल्मि-चारपाला आफैमा सुन्दर र बसोबासको लागि अति योग्य ठाउँ हो। भौगोलिक रुपमा पनि मिलेर बसेको जमिन भएका कारण धेरै पहिलेदेखि नै मोटर बाटोको सुबिधा पुगेको थियो । केही ठाउमा बाहेक खानेपानीको सुबिधा , शान्ति सुरक्षाको अवस्था , शिक्षाका लागि आवश्यक सरकारी तथा निजी बिद्यालय, स्वास्थ्य सेवाका लागि आवश्यक संचरना तथा बिजुलीको सुबिधा घरघर मा पुगेको छ । सवै सुबिधा भएर पनि यहाँका मानिसहरुमा एकता देखिएन । एकले अर्काको रीस डाहा गर्ने प्रबृत्ति खुबै देखियो । यसैको कारण यहाँका ४५ प्रतिशत भन्दा धेरै बुटवल झरिसकेका छन् ।अलिअलि पढेलेखेका मानिस बसाई सरेका कारण यहा को विकासमा समस्या देखिएको छ । बसाई सरेका मध्ये केही मानिसमात्र गाउँमा रोक्न सकिएको भए यहाँको वजार चलायमान हुन्थ्यो । विकासका काम अझै अगाडि जान्थ्यो । दुर्भाग्य सुखको खोजमा शहर झर्ने परिपाटीले गाउँको विकासमा तगारो लागेको छ । पढेलेखेका मानिसहरु गाउँमा रोक्न सकिएको भए ।

नजी स्कुल अझै हुन्थ्ये , यहाँको कृषि, पर्यटन र शिक्षाको विकासमा उन्नती हुन्थ्यो, मानिसको संख्या बढ्ने बित्तिक्कै स्थानीय उत्पादनको आवश्यकता बढ्थ्यो । चारपालमा उत्पादित सामानले वजार पाएपछि आधुनिक कृषिको विकास हुने थियो । यहाँका मानिसको आर्थिकस्तरमा बृद्धि गर्न सकिन्थ्यो । यहाँका घरपालुवा चौपायहरुको माग बढेर आयआर्जनमा सहयोग पुग्ने थियो । विकासको मुल आधारमा भनेको त्यो स्थानका जनता जागरुक हुनु पनि हो । तर, जागरुक मानिसको संख्या नै कम भएपछि राजनीतिक नेतृत्वले पनि खासै ध्यान दिन खोजेको पाईदैन । जागरुक र शिक्षित मानिस भएको स्थानमा राजनीतिक नेतृत्वको पनि चाँडै आँखा पर्ने थियो । अनि विकासका काममा पनि सहयोग माग्न सजिलो हुने पक्कै थियो । तर, बसाईसराईको समस्याले कृयाशिल र शिक्षत मानिसको संख्या कम हुँदै हाम्रो ठाउँ बिस्तारै ओझेल पर्दैछ । अहिलेको गाउँको अबस्था उल्टो छ । घरहरु सुनसान छन । बाटो पुगेको छ घरघरमा । तर, बाटोमा दुबो उम्रेको छ । थुप्रै खानेपानी योजना समपन्न छन तर उपभोक्ता नहुँदा समस्यामा छन् । निजी स्कुल बिद्यार्थी नहुँदा बन्द हुने अवस्थामा छन् । गाउँमा दुखसुख गरेर संकलन गरेको पैसा मान्छेले शहर वा वजार तर्फ लगानी गर्न थालेका छन् । एउटा सामन्य मान्छेका २ वटा छोराछोरी १० सम्म गाउँमा पढाएर ११ कक्षा पढ्न बुटवल पठाउनु पर्ने अवस्था छ । उनै छोराछोरी पढाउन पनि वाबु बिदेशी जान पर्ने वाध्यतामा छन् । यस प्रकारको समस्या समाधानका लागि स्थानीय वा प्रदेश सरकार पटक्कै लागेको देख्रिएन । बसाईसराई जस्तो ठूलो समस्या समाधानका लागि राजनीतिक नेतृत्वले पनि खास चासो राखेको देखिएन । चुनावमा भोटका लागि ठूलो कु्रा गर्ने बाहेक राजनीति गर्नेहरु जनताको समस्यामा केन्द्रित हुन सकेको छैन । बिदेसमा भएका युवाहरुले आफ्नो ठाउँमा केहि गरौ भनेर दुई चार पैसा दुखि गरिब लाई सेवा गरौ भन्दा पनि गाउमा पिडित सामु पुगेर सेवा गर्ने मान्छेको अभाब भैरहेको छ ।

हर कोहि बिदेस जान चाहन्छ पैसा कमाउन चाहन्छ अनि त्यहि आफुलाई त्यो पैसा कमाउने लायक बनाउने जन्मभूमिमा होइन मधेस को कुनै कुनामा महङो घडेरि किनेर जिन्दगी भरको पसिना लगाएर घर बनाएर ठुलो उपलब्धि गर्नचाहन्छ । अनि उसैले भन्छ त्यो गाउ त्यो पहाड मा कहिलै केहि हुन्न । ए बाबा जब कसैले आफ्नो जन्मभूमि लाई हेला गरेर २ पैसा कमाउदैमा उपेक्षा गरेर हिड्यो भने अरु को आएर आफ्नो जन्मभूमि पुर्खाको भुमिलाई ठुलो शहर बनाइदिन्छ् ? यहाँ त आफैजन्मेको हुर्केको आफ्नो जन्मभुमि जसले आफुलाई दुई चार पैसा कमाउन सक्ने बनायो केही पैसा कमाए पछि त्यहि जन्मभुमि लाई पहाड भनेर उपेक्षागरेर मधेस जाने त हाम्रो सन्सकार नै भैसको छ । त्यसैले आफ्नै जन्मभुमि मा बसौ दुइ चार पैसा कमाएपनि त्यही केहि बनाउ , आफ्नो ठाउ लाई रित्तो नबनाऔं यस किसिमको सोच भएपनि एक्लै सोचेर नहुने रहेछ । यसका लागि युवाको एकता आवश्यक हुने रहेछ । तर जे भएनि म अन्तिम सम्म कामना गर्छु । सकभर आफ्नैप्यारो जन्मभुमिमा बस्न पाइयोस । यो स्वर्गिय भुमिमा जति धेरै बस्यो उति पुण्य मिल्ने छ । हाम्रो इतिहासिक भुमि जसलाई गुल्मि राज्य का राजाले उपयुत्त ठाउँ मानेर आफ्नो राज्यको राजधानि बनाए त्यहि ठाउ हामिलाई मन परेन र मधेस झर्दै छौ गाउ अनि गाउ खालि गर्दछौ। हामि सबैका परम पुज्यनिय मातापिता हरु बसेको यो भुमि आफैमा पबित्र भुमि होइन र?अनि हाम्रो पुर्खाले रोजेको ठाउँ मा पबित्र तिर्थ स्थल रेसुङ्गाको पबित्र पानी पिएर बस्न पाए स्वर्गिय आनन्द मिल्नेछ्।

कमल के क्षेत्री हाल माल्दिभ्स

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*