रुपन्देहीको कञ्‍चन गाउपालिकामा क्लोथ बैंक सञ्‍चालन हुने

Spread the love

रुपन्देही, फागुन २

रुपन्देहीको कञ्चन गाउपालिकामा क्लोथ बैंक सञ्चालन हुने भएको छ । कन्चन गाउपालिका, जेसीआई कञ्चन र क्लोथ एण्ड फूड बैंक नेपालबीच आज क्लोथ बैंक सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको हो । क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, कञ्चन गाउँपालिका र जेसीआई कञ्चनको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको कुरा कन्चन गाउपालिकाका प्रमुख नबराज ढकालले बताउनु भयो। जेसीआई कञ्चन वर्ष २०२४ का अध्यक्ष जेसी धनपति ज्ञवाली सन्देशले “पुरानो कपडालाई पुनः प्रयोग” भन्ने मुल नाराका साथ सुरु हुने यो अभियानले कञ्चनबासीको हित हुने विश्वास व्यक्त गर्नु भयो ।

कञ्चन गाउँपालिकाका विभिन्न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन गरी आवश्यकताका आधारमा वितरण गरिने देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको यो अभियानको बुटवलबाट औपचारिक शुभारम्भ हुन लागेको बताउदै देशभरी १७८ वटा शाखा मध्ये कन्चन गाउपालिका सगैको सहकार्यमा जेसीआई कञ्चनलाई क्लोथ एण्ड फूड बैंक नेपालले सो अवसर प्रदान गरेकोमा खुसी समेत व्यक्त गर्नुभयो । उहाँले यस परोपकारी कार्यमा जोडिन यस क्षेत्रमा रहेका सम्पूर्ण संघ सस्था साथै गाउँपालिका बासी सबैलाई अनुरोध समेत गर्नुभयो।

नेपालमै र कञ्चन गाउँपालकिकामा पनि पहिलो पटक सबैलाई पायक पर्ने विभिन्न स्थानहरूमा सुरु गर्न लागेको क्लोथ बैंकमा आफ्नो घरमा भएका र प्रयोगमा नआएका कपडा दान गर्न सक्ने छन् भने आवश्यक पर्नेहरूले निःशुल्क लिन सक्ने छन । सम्झौता पत्रमा हस्ताक्षर गर्दै क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सी.ले आगामी दुई बर्षमा कपडा विहीनमुक्त बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्स समेत सञ्चालन गर्ने योजना बनाएको र अहिले सम्म १५४ स्थानीय सरकार यो अभियानमा जोडिएको जानकारी दिनुभयो। साथै देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको यो अभियानको औपचारिक शुभारम्भ यहि फागुन ५ गते बिहान ८:३० बजे बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमका बीच राष्ट्रका महानायक राजेश हमालको विशेष उपस्थितिमा हुन लागेको समेत जि.सीले जानकारी दिनुभयो।उक्त समारोहमा जेसीआई कञ्चनका पूर्व अध्यक्ष तथा २०२४ का अध्यक्ष प्रमुख सल्लाहकार जेसी बाबुराम पौडेल र जेसीआई कञ्चनका पूर्व अध्यक्ष तथा जेसीआई नेपालका राष्ट्रिय उपाध्यक्ष जेसी राजन शर्मा पौडेलले यस अभियानको पूर्ण सफलताको शुभकामना दिनुभएको थियो ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*