Spread the love

गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा निर्माण भएको सिताराम मन्दिर अहिले आन्तरिक तथा वाय पर्यटकको लागि गन्तब्य स्थल बनेको छ । करिब डेढ बर्ष लगाएर बनाइएको मन्दिरमा लगानी १ एक करोड पचास लाख लागेको थियो भने गुल्मी दरबार गाउपालिका वडा नम्बर ३ गौडाकोट निवासि सुब्बा बस्नेतले एकल लगानीमा मन्दिर निर्माण गर्नुभएको हो । मन्दिर पुर्ण रुपामा सन्चालन भैसकेपछी अहिले मन्दिर संरक्षणको लागि मन्दिर ब्यबस्थापन समिती गठन भएको छ ।

समितीहरु….

अध्यक्ष :धाम बहादुर धुरेल

उपाध्यक्ष :शेर बहादुर बस्नेत

कोषाध्यक्ष : बेबल पुन

सचिब : गोपाल बस्नेत

सह-सचिब : इन्द्र बहादुर थापा

सदस्यहरु… राम बहादुर बस्नेत , बम बहादुर थापा, जमुना बि.क , बोध बिक्रम थापा, तेजप्रताप थापा, प्रकाश टन्डन रहेका छन । उक्त मन्दिरमा हरेक महिनको न्वामीको दिन विशेष पुजा हुने गरेको छ । पिक्नीक तथा कुनै कार्यक्रमको लागि आबस्यक पर्ने पिउने पानी ,मनोरञ्जनका लागि साउन्ड सिस्टम , साथै भोजनका लागि पकाउने सामाग्री लगाएत हरेक कुरा ब्यबस्था गरिने अध्यक्ष धाम बहादुर धुरेलले बताउनुभएको छ ।