काठमाण्डाै – साफ महिला च्याम्पिनसशिप अन्तर्गत समूह ‘बी’ काे अन्तिम खेलमा नेपालले पहिलाे हाफमा श्रीलङ्कालाई चार–शून्यकाे अग्रता लिएकाे छ ।
दशरथ रङ्गशालामा भइरहेकाे खेलमा नेपालले खेलकाे नवाैँ मिनेटमा पहिलाे गाेल गरेकाे थियाे । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे गाेल गरिन् । यस्तै ११ औँ मिनेटमा सरु लिम्बुले गाेल गर्दै नेपालकाे अग्रता दाेब्बर बनाइन् । यस्तै खेलकाे १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गाेल गरिन् ।
याे खेलमा नेपालले जित वा बराबरीको नतिजा निकाले पनि समूह विजेता बन्नेछ । श्रीलङ्काले भने सेमिफाइनलमा स्थान बनाउन नेपाललाई पाँच गोलको अन्तरले हराउनुपर्ने छ । नेपालले पहिलो खेलमा भुटानलाई चार–शून्य गोल अन्तरले हराएको थियो । तर भुटानले दोस्रो खेलमा श्रीलङ्कालाई पाँच-शून्य गाेल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
समूह ‘ए’ बाट भारत र बङ्गलादेशले अन्तिम चारमा स्थान बनाइसकेका छन् । माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
Be the first to comment