सन नेपाल लाइफ इन्स्योरेन्स गुल्मीले मृत्यु दाबी भुक्तानी गर्यो

Spread the love

सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं. १४ निवासी रुद्रमणी गौतमको परिवारलाई रु पन्चानब्बे हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो । सन नेपाल लाईफ ईन्स्योरेन्सका विमित नाबालक श्री रुद्रमणी गौतमको प्रस्तावक तथा आमा चन्दा गुरुङ्ग गौतमको एलडि  अलकाेहाेलिक हेपाटाइटिसको कारणबाट मृत्यु भएको हुँदा हुँदा निज प्रस्तावकको मृत्यु दाबीको मासिक आय सुविधा बापतको रकम रु ७०००० र किरिया खर्च वापतको रकम रु २५००० गरी जम्मा रु ९५००० रुपैयाँ निज विमितको संरक्षक तथा हजुरबुवा भविश्वर गौतमलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

यस पश्चात मासिक रुपमा बीमाङ्कको २ प्रतिशतका दरले हुन आउने रकम विमितको उमेर १६ वर्ष हुन्जेलसम्म कम्पनीले भुक्तानी गर्नेछ भने विमितले वार्षिक रुपमा बुझाउनु पर्ने बीमाशुल्क बापतको रकम पनि कम्पनीले छुट दिनेछ । निजले सन नेपाल लाईफ गुल्मी शाखामा चार वर्ष अघि रु एक लाख विमांकको बाल सावधिक जीवन बीमा पोलिसी गरेका थिए, कृषि कर्म गर्दै आइरहेकी गौतमको उपचारको क्रममा मृत्यु भएको थियो । कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको सन नेपाल लाईफ इन्स्योरेन्सले २०७४÷०४÷१८ गते आश्विन ६ गते सामाजिक सेवा दिवसको अवसरमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको हो । जीवन बीमामा ४ दशक लामो अनुभव भएका व्यक्तित्व तथा नियामक निकायमा बीमा सम्बन्धि व्यवस्थापकीय भुमिका निर्वाह गर्नुभएका व्यक्तिहरुको नेतृत्व सहित जीवन बीमामा अनुभवी र दक्ष जनशक्तिबाट व्यवस्थापन सम्हालिएको यस कम्पनीको उद्धेश्य भनेको जीवन बीमाको प्रचार प्रसार यसको आवश्यकता र महत्वको बारेमा आम जनसमुदायलाई सचेत गराई जीवन बीमाको पहुँच पुग्न नसकेको ठाउँहरुमा समेत जीवन बीमा सेवा प्रदान गर्नु हो ।

सन नेपाल लाईफ इन्स्योरेन्सले विसं.२०७५ साल मा गुल्मीमा कार्यालय विस्तार गरी जीवन बीमाको सेवा उपलब्ध गराई रहेको छ । विमितलाई सहज तरिकाले सेवा दिनको लागि सन नेपाल लाईफ शुरु देखि नै प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । सन नेपाल लाईफले विभिन्न बीमा योजनाहरु मार्फत आफ्ना विमितहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

निवर्तमान वडा सदस्य तथा विमितका संरक्षक भविश्वर गौतमले सहज तरिकाले विमितलाई मृत्यु दावी भुक्तानी दिएकोमा सन नेपाल लाईफ इन्स्योरेन्सलाई धन्यवाद दिदै कम्पनीबाट प्राप्त हुने रकमले आफ्नो नातीको पढाईलाई सहयोग पुग्ने र साँच्चै दुःख पर्दा सन नेपाल लाईफ काम लागेको कुरा बताएका छन् । सबैले आफ्नो आर्थिक योजना बनाउँदा जीवन बीमालाई छुटाउन नहुने र जीवन बीमाको महत्व समयमा नै बुझी जीवन बीमा गराएमा, बीमा मान्छेको बुढेसकालको साहारा हुने, आर्थिक सुरक्षा हुने, आश्रित परिवारको सुरक्षा हुने हुनाले समयमै आफ्नो क्षमता अनुसार बीमा गर्नुपर्ने सुझाव गुल्मी कार्यालय प्रमुख सन्तोष कुँवर क्षेत्रीले दिएका छन् ।

कार्यक्रममा सन नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत, गुल्मी शाखाका कर्मचारी, अभिकर्ता तथा मार्केटिङ्ग म्यानेजरहरुको उपस्थिति रहेको कर्मचारी नविन अर्याल ले जानकारी दिए।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले गर्यो स्थापना दिवसको अवसरमा रक्तदान

Spread the love

Spread the love बटवल फागुन ०६ । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । जिल्लाको

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*