। रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानले १७ औ DLTS एवं अवार्ड सेरेमोनि काठमाडौंमा सम्पन्न गरेको छ । रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ पिपल्स क्याम्पसको आतिथ्यतामा कार्यक्रम भएको हो । रोट्रयाक्ट क्लब अफ पिपल्स क्याम्पसकि अध्यक्ष परिना श्रेष्ठ र रोट्रयाक्ट डिष्ट्रकका डि आर आर रोसन कार्किको संयुक्त अध्यक्षयता तथा रोटरि डिष्ट्रक २०२३-२४ का डिष्ट्रक गभर्नर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बर्ष २०२४-२५ का डिष्ट्रक गभर्नर राजेन्द्रमान सेरचन , पुर्ब डिष्ट्रक गभर्नर सन्जय गिरि , पुर्ब डिष्ट्रक गभर्नर सन्तोष रिजाल , डिआरसिसि नारायण कृष्ण खरेल त्यसैगरी अतिथिको रुपमा दिनेश मानन्धर , दुर्गादेव सुबेदि, अमित गिरि , रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटान बर्स २०२४-२५ का डि आर आर बिक्रम क्षेत्री , २४-२५ का डि आर आर इलेक्ट दिनेश गैरे , पुर्ब डि आर आर सुशील कुमार कार्की डिआरसि को चेयर किशोर त्रिपाठि रहेका थिए ।
१७ औ DLTS कार्यक्रममा रोट्रयाक्ट क्लबका अध्यक्ष , सचीव , कोषाध्यक्ष, क्लब सर्भिस डाइरेक्टर, कम्युनिटि सर्भिस डाइरेक्टर, प्रोफेसन डिभेलपमेन्ट डाइरेक्टर, द रोटरि फाउन्डेसन डाइरेक्टर, अन्य डाइरेक्टर, पब्लिक इमेज चेयर , जनरल मेम्बरहरुलाइ छुट्टाछुट्टै सेसनमा राखी रोट्रयाक्ट डिष्ट्रक ट्रेनिङ टिम र आमन्त्रित ०९ जना प्रशिक्षकहरुले तालिम प्रदान गरेको डिष्ट्रक लिडरसिप ट्रेनर अनुसा नेपालले जानकारी दिइन । बर्ष २४-२५ लाइ प्रभावकारि रुपले अगाडि बढाउन DLTS ले महत्त्वपूर्ण भुमिका खेल्ने २४-२५ का डि आर आर बिक्रम क्षेत्रीले बताए । १७ औ DLTS एवं अवार्ड सेरेमोनिमा रोट्रयाक्ट डिष्ट्रक २३-२४ का डि आर आर रोसन कार्किले आफ्नो कार्यकाललाइ उत्कृष्ट बनाउन सहयोग गर्ने सम्पूर्णलाइ धन्यवाद ज्ञापन गर्दै बर्ष २३-२४ मा उत्कृष्ट कार्य सम्पादन गर्ने डिष्ट्रकका पदाधिकारीहरु , आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न संघ सस्था एवं ब्यक्तित्वहरु , विभिन्न रोट्रयाक्ट क्लब , विभिन्न रोट्रयाक्ट क्लबका अध्यक्ष एवं पदाधिकारीहरुलाइ सम्मान पत्र र अवार्ड प्रदान गर्दै सम्मान व्यक्त गर्नुभएको थियो भने आगामी बर्षलाइ पनि अझ उत्कृष्ट बनाउन आफु सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र प्रसाद ध्वजु , बिशिस्ट अतिथि राजेन्द्रमान शेरचन र बिक्रम क्षेत्रिले मन्तव्य राख्नुभएको थियो । बर्ष २४-२५ का डि आर आर इलेक्ट दिनेश गैरेको स्वागत, पहिलो सत्रको कार्यक्रम जुना पुन र दोस्रो सत्रको कार्यक्रम बर्ष २३-२४ का डिष्ट्रक सेक्रेटरी सुशान्त धितालको संचालनमा सम्पन्न भएको बर्ष २४-२५ का डिष्ट्रक सेक्रेटरी सुबिन खड्काले बताए ।उक्त कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटान अन्तर्गतका १३६ क्लबहरुबाट ८१४ भन्दा बढी रोट्रयाक्टरहरुको सहभागीता रहेको बर्ष २०२४-२५ का डिष्ट्रीक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।
Be the first to comment