बिकास टन्डन (रुपन्देही)
रोटयाक्ट क्लब अफ बुटबल डाउनटाउनको आयोजनामा वित्तीय संस्थाहरु बीच गरिएको फुटसल प्रतियोगितामा मेघा बैंक नेपाल लिमिटेड प्रथम भएको छ । मेगा बैंक नेपाल लिमिटेडले सिटिजन बैंक ईन्टरनेसनल लाई ६ गोल गर्दै उपाधी जितेको छ भने सिटिजन बैक उपबिजेता भएको छ । फुटसल प्रतियोगितामा नेपाल रास्ट्र बैंक सहित ९ बटा बैंकहरुको सहभागिता रहेको थियो । बिजेता हुने मेगा बैंक नेपाल लिमिटेडले नगद रु ५० हजारसहित कप ,मेडल र प्रमाणपत्र पाएको छ भने उपबिजेता सिटिजन बैंकले नगद रु ३० हजार सहित कप मेडल र प्रमाण पत्र पाएको छ । प्रतियोगितामा बेस्ट पेलेयर मेगा बैंकका सुलभ थापा , हाइ स्कोरर सिटिजन बैंकका सचिन घिमिरे र बेस्ट किपर मेगा बैकका बिश्व पौडेलले पाएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी डिष्टीकका एजी जीवन अधिकारीले रोट्क्याट क्बल अफ बुटबल डाउनटाउनले सामाजिक क्षेत्रमा खेलेको भूमिका निकै महत्बपूर्ण रहेको बताउनुभयो । स्वास्थ्यका लागि खेलकुंद महत्वपूर्ण रहेको र खेलले संस्थागत विकासमा सहयोग पुराउने भएकाले आगामि दिनमा यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष जमिन कक्षपति, रोटयाक्ट डाउनटाउनका निबर्तमान अध्यक्ष लक्षमण पन्थी , कार्यक्रम संयोजक तथा इलेक्ट प्रेसिडेन्ट सौरभ भुसाल नेपाल रास्ट्र बैंक सिद्धार्थनगरका कामु निर्देशक माधव प्रकाश लगायतले मन्तब्य राख्नुभएको थियो । क्लबका अध्यक्ष राम बेल्बासेको अध्यक्षयता र उपाध्यक्ष आविश्कार खनालको संचालनमा प्रतियोगिता सम्पन्न भएको थियो ।
Be the first to comment