गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि. पि. कोइराला र स्व. पुष्पालाल श्रेष्ठको स्मृतिको पुर्व सन्ध्यामा बृक्षारोपरण कार्यकम सम्पन्न भएको छ । कार्यक्रमको अबरसमा जिल्ला डिभिजन बन कार्यलय गुल्मीको सहयोगमा लिएका ३००/- टिमुरका बेर्ना करिब ४ रोपनी क्षेत्रफल लगाइएको छ। मालिका गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष रेखा कुमार जि .सि . को अध्यक्षतामा भएको उक्त कार्यक्रम मा बोल्दै निबर्तमान वडा अध्यक्ष श्यामलाल गिरीले यस्ता कार्यक्रमले आपसी सहयोग र सद्भाव बढ्ने बताउनुभयो त्यस्तै नेपाली काङ्ग्रेसका पार्टि प्रतिनिधि चुम्मा गिरीले स्मृतिमा वृक्षारोपण गरेपछी यस्को संरक्षणमा समेत सम्बन्धित निकाय बाट ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो, नेकपा माओबादी केन्द्रका प्रतिनिधि चन्द्र महत्राले पनि यस्ता कार्यक्रम गर्दा पास्परिक सम्बन्ध स्थापनाहुनुको साथै हामीहरुमा रहेको असमझदारी हट्ने कुरा बताउनुभयो । मालिका गाउँपालिका वडा न. ५ का वडा सदस्य पुर्ण बि. क. को स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा जनप्रतिनिधि , विभिन्न संघ सस्थाका प्रतिनिधि राजनितिक दलका प्रतिनिधी लगायत स्थानियहरुको उपस्थितिमा भएको कार्यक्रमको संचालन मालिका ५ का कम्प्युटर अप्रेटर कमल नेपालीले गर्नुभएको थियो।
Be the first to comment