नेपाल शिक्षक संघद्वारा गुल्मी दरबारमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ सम्मान

Spread the love

२०७९ जेठ १५

प्रकाश टन्डन (गुल्मी)

नेपाल शिक्षक संघ गुल्मीले गुल्मी दरबार गाउपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित हुनुभएका जनप्रतिनिधिहरुलाइ बधाई तथा सुभकामना कार्यक्रम आयोजना गरि सम्मान गरेको छ । संघले गुल्मी दरबार गाउपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित हुनुभएका सबै वडाका जनप्रतिनिधि तथा गाउँपालिकामा निर्वाचित हुनुभएका अध्यक्ष सरोज कुमार थापा उपाध्यक्ष तारा थापा ढेंगा लगायत सबै जनप्रतिनिधिहरुलाइ सम्मान गरेको हो । कार्यक्रममा नेपाल नेपाल शिक्षक संघका सदस्य बाबुराम कंडेलको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमका सभाध्यक्ष तथा नेपाल शिक्षक संघका अध्यक्ष हरिबहादुर कार्किले समग्र कार्यक्रमको बिषयमा प्रकाश पार्दै स्थानीय तह निर्वाचनमा गुल्मी दरबार गाउपालिका काङ्ग्रेसले जित्नुमा संघको ठूलो भुमिका रहेको बताउनुभएको छ । नेपाल शिक्षक संघ सङ्ग सहकार्य गरेर सामाजिक बिकास तथा संघठनलाइ सङ्गै अगाडि बढाउने बिस्वस्त पार्नु भएको थियो

कार्यक्रममा संघले नेपाली काङ्ग्रेसका उपबिजेताहरुलाई सहभागी गराएको थियो भने निबर्तमान वडाअध्यक्षहरुको पनि सहभागी रहेको थियो । उपबिजेताहरुले हार जित सामान्य रहेको र समाजसेवा निरन्तर गरिरहने बताएका छन । नेपाली काङ्ग्रेस गुल्मी दरबारले वडा नम्बर २,४,५ मा हार बेहोर्नु परेको थियो ।

गाउपालिका अध्यक्ष सरोज कुमार थापाको आतिथ्यता थियो भने बिशिस्ट अतिथिहरुमा गाउपालिका उपाध्यक्ष तरा थापा ढेंगा त्यसै गरि नेपाल शिक्षक संघ बाट प्रतिनिधित्व गर्दै हिरासिंह सराङ्कोटी , नेपाली काङ्ग्रेस गुल्मी दरबार गाउपालिका सभापति प्रेम पुनको रहेको थियो ।

सातै वडाका प्रतिनिधित्व गर्दै वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष राजेन्द्र कंडेलले सुभकामना मन्तव्य दिनुभएको थियो । कंडेलले शिक्षकहरुको पनि आफ्नो निजि जीवन र स्वतन्त्रता रहेको र कार्यलय समय बाहेक अन्य समयमा राजनिती गरेर समाज सेवा गर्न पाउने दाबी गर्नुभएको छ । कार्यक्रममा इस्वरी माध्यमिक बिध्यालयका नेपाल बिध्यार्थी संघका अध्यक्ष बिबेक थापा, गुल्मी दरबार गाउपालिका दलित महिला संघकि अध्यक्ष लक्ष्मि सुनारले सुभकामना मन्तव्य दिदै नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ कार्यकालको सुभकामना दिनुभएको थियो भने कार्यक्रम सन्चालन नेपाल शिक्षक संघका सचिब इन्द्र थापाले गर्नुभएको थियो ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*