चारपाला रुपन्देही सम्पर्क समाजको बनभोज कार्यक्रम सम्पन्न (फोटा फिचर)

Spread the love

फागुन १३ बुटवल । गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको बनभोज कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष उषा खत्रीको अध्यक्षता तथा तिलोत्तमा नगरपालीकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता रहेको थियो ।

तिलोत्तमा नगरपालीका वडा नं ३ का वडा अध्यक्ष कल्याण पौडेल, वडा नं ४ का वडा अध्यक्ष हरि वहादुर क्षेत्री, वडा नं ६ का वडा अध्यक्ष गणेश पाठक, नेपाल सरकार का पुर्ब उपसचिव देबेन्द बहादुर कार्की , वडा नं २ का सदस्य डोल बहादुर के.सि , निवर्तमान अध्यक्ष तथा सल्लाहाकार हुमनाथ ज्ञवाली ,सल्लाहकार अधिबक्ता गोकर्ण सिंह थापा , गोबिन्द अर्याल, हेमलाल शर्मा भुषाल, हिरा अर्याल, , टिकाराम पन्थी, भिमसेन कार्कि, ढवल बहादुर कार्कि को विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक नारायण विपि परियार , विष्णु श्रिपाली लगायत स्थानिय तथा रास्टिय कलकार हरु को बेजोड प्रस्तुती का साथ सास्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो । कार्यक्रममा नृत्य प्रस्तुत गर्दै पिन्सा कार्कि , एजिस्ना पौडेल,एलिना के.सि ले थप रमाइलो प्रदान गरेका थिए ।
गुल्मी चारपला- रुपन्देही सम्पर्क समाज वाड नं ७ का संयोजक राजेश केसीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा तिलोत्तमा ३ का वडा अध्यक्ष कल्याण पौडेलले संपर्क समाजका हरेक सामाजिक कार्यमा वडाले सदैब साथ र सहयोग रहने बताउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी खाणले संस्थालाई तिलोत्तमा नगरपालिकाले हरेक कार्यक्रममा सहयोग गर्ने र संस्थालाई जग्गा प्रदान गर्नको लागि सहजिकरण गर्ने उल्लेख गर्नुभएको थियो साथै उहाँले समाजले यो संगै सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि गर्दै आएको प्रती खुशी व्यक्त गर्दै समाजका सम्पुर्ण पदाधिकारी एवम सदस्यहरुलाई धन्यवाद दिनुभएको थियो ।

वनभोज संगसंगै घैटो फोड , सियोमा धागो , चियर रेस , तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको कार्यक्रम संयोजक काजीमान टण्डनले बताउनुभयो । घैटों फोड प्रतियोगीतामाँ सस्थाका आजीवन सदस्य भानु खत्री प्रथम हुनु भएको थियो ।सियो धागो खेलमा प्रथम धन बहादुर थापाको जोडी, दृतिय राजेश के सीको जोड़ी, चियर रेस खेलमा समुन्द्र थापा र द्वितिय अनु मगर हुनु भएको थियो। चारपाला रुपन्देही सम्पर्क समाजका सल्लाहकार तथा खेल संयोजक ढवल वहादुर कार्की रहनु भएको थियो ।

कार्यक्रममा समाजका आजीवन सदस्य सहित ४ सय जना बढीको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन सम्पर्क समाजका सचिव विकास टण्डनले गर्नु भएको थियो।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*