गुल्मी दरबार वडा नं. ६ ले गरायाे जेष्ठ नागरिकहरूलाई धार्मिक भ्रमण

Spread the love

रामकृष्ण कंडेल,चैत्र २६ गुल्मी।

गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं. ६ ले वडाका जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको छ । वडाले चैत्र २४ र २५ गते ६८ वर्ष नाघेका ६० जना ईच्छुक जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको हो । वडा समितिको पहलमा धार्मिक एवं पर्यटकिय स्थलहरुको भ्रमण गरिएको थियो । उनीहरुलाई अर्घाखाँचीको सुपदेउराली , भगवान गौतमवुद्वको जन्मस्थल लुम्बिनी , सिद्ववावा मन्दिर , पाल्पाको रानीमहल कालिगण्डकी , भैरवस्थान मन्दिर अवलोकन गराईएको थियो । भ्रमणमा सहभागी जेष्ठ नागरिकले स्थानीय सरकारले घुमाउन लगेकोमा खुशी व्यक्त गरे। वडाले आफुहरुलाई निशुल्क यातायातको ब्यवस्थापन खाने बस्ने सुविधा सहित धार्मिक भ्रमण गराउँदा जेष्ठ नागरिकहरु निकै खुशी भएका छन् । उनीहरुले जनप्रतिनिधिहरु बाट आफ्ना छोराछोरीहरुले बुवा आमालाई गर्नु पर्ने ब्यवहार पाएको बताउँदै अन्य वडा वडाले पनि यसलाई अनुसरण गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले वडाध्यक्ष लगायत सम्पुर्ण जनप्रतिनिधीहरुको खुलेर प्रशंसा समेत गरे । यस भ्रमणले जेष्ठ नागरिकहरुलाई स्फूर्ति मिलेको वडाध्यक्ष मुकेश थापाले बताए । अहिलेको व्यस्त समयमा घर परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवा आमाहरूलाई नयाँ ठाउँको अवलोकन गराउने उद्देश्यले वडाको वार्षिक बजेटबाट भ्रमणमा लगिएको वडा अध्यक्ष थापाले बताए । थापाले नयाँ ठाउँको विकास तथा पछिल्ला दिनमा भएका परिवर्तनबारे प्रायः वृद्ध वृद्धा बेखबर रहने र कतिपय गुल्मी भन्दा बाहिर ननिस्किएकाहरू पनि भएकाले उहाँहरूको सम्मान स्वरूप गुल्मी मै पहिलो पटक दुइ दिने भ्रमणमा लागिएको जानकारी दिए । वडामा जम्मा ६८ बर्ष माथिका १६६ जना जेष्ठ नागरिकहरु रहेका छन। वडाको बार्षिक बजेट बाट जेष्ठ नागरिक भ्रमण शिर्षकमा २ लाख बजेट विनियोजन गरिएको थियो । उक्त बजेट बाट बचत भएको रकम बाट अति असक्त तथा भ्रमण कार्यक्रममा सहभागि नभएका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको थापाले बताए । जेष्ठ नागरिक इतिहासको ऐना भएकोले उनीहरुको सल्लाह सुझावलाई शिरोधार गर्ने उनको भनाइ छ ।जेष्ठ नागरिक समाजका गहना हुन् । बृद्ध बृद्धा हुदै गए पछि धार्मिक कुरामा मन रमाउने भएको कारण पनि जेष्ठ हरुलाइ यसप्रकारको भ्रमणको आयोजना गरिएको वडा सदस्य सुन्दर कुँवरले बताए । स्थायी घर गुल्मीदरबार गाउँपालिका वडा नं. ६ भई हाल बुटवल पव्लिक स्कुलका संचालक हेमलाल भुषालले सनिबार विहान आफ्नै विध्यालयमा खाजा नास्ताको निसुल्क ब्यवस्था मिलाएका थिए साथै मिरा ट्रस्टको तर्फबाट प्रत्येकलाई एकएक वटा आधा के.जि.को चेवनपरास समेत प्रदान गरेका थिए ।

विभिन्न कामको शिलसिलामा बुटवलमा बस्दै आएका ६ नं. वडाका रुपन्देहीमा संचालित विभिन्न संघ संस्था र सामाजिक ब्याक्तित्वहरुले आफ्ना बाबुआमा नाता गोताहरु र छरछिमेकी हरुलाइ वडा कार्यालयले धार्मिक भ्रमण गराएकोमा वडा कार्यालयलाई प्रशंसा गर्दै जेष्ठ नागरिकहरुलाइ फलफुल वितरण गरेका थिए । जेष्ठ नागरिक भ्रमण कार्यक्रममा जेष्ठनागरिकहरुको यात्रा ब्यवस्थापन गर्न वडा सदस्य रेशम प्रधान , विष्णु सुनार लगायत वडाका सम्पुर्ण जनप्रतिनिधि, कार्यपालिका सदस्य इश्वरि परियार, सनुदेवी कार्की ,जेष्ठनागरिकहरुलाई यात्रामा आउन सक्ने स्वास्थ्य समस्यालाई ब्यवस्थापन गर्नको लागि स्वास्थ्यकर्मी , टोल विकास संस्थाका स्वयंसेवकहरु महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र वडा स्थित कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*