गुल्मी दरबार वडा नं. ६ ले गरायाे जेष्ठ नागरिकहरूलाई धार्मिक भ्रमण

Spread the love

रामकृष्ण कंडेल,चैत्र २६ गुल्मी।

गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं. ६ ले वडाका जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको छ । वडाले चैत्र २४ र २५ गते ६८ वर्ष नाघेका ६० जना ईच्छुक जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको हो । वडा समितिको पहलमा धार्मिक एवं पर्यटकिय स्थलहरुको भ्रमण गरिएको थियो । उनीहरुलाई अर्घाखाँचीको सुपदेउराली , भगवान गौतमवुद्वको जन्मस्थल लुम्बिनी , सिद्ववावा मन्दिर , पाल्पाको रानीमहल कालिगण्डकी , भैरवस्थान मन्दिर अवलोकन गराईएको थियो । भ्रमणमा सहभागी जेष्ठ नागरिकले स्थानीय सरकारले घुमाउन लगेकोमा खुशी व्यक्त गरे। वडाले आफुहरुलाई निशुल्क यातायातको ब्यवस्थापन खाने बस्ने सुविधा सहित धार्मिक भ्रमण गराउँदा जेष्ठ नागरिकहरु निकै खुशी भएका छन् । उनीहरुले जनप्रतिनिधिहरु बाट आफ्ना छोराछोरीहरुले बुवा आमालाई गर्नु पर्ने ब्यवहार पाएको बताउँदै अन्य वडा वडाले पनि यसलाई अनुसरण गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले वडाध्यक्ष लगायत सम्पुर्ण जनप्रतिनिधीहरुको खुलेर प्रशंसा समेत गरे । यस भ्रमणले जेष्ठ नागरिकहरुलाई स्फूर्ति मिलेको वडाध्यक्ष मुकेश थापाले बताए । अहिलेको व्यस्त समयमा घर परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवा आमाहरूलाई नयाँ ठाउँको अवलोकन गराउने उद्देश्यले वडाको वार्षिक बजेटबाट भ्रमणमा लगिएको वडा अध्यक्ष थापाले बताए । थापाले नयाँ ठाउँको विकास तथा पछिल्ला दिनमा भएका परिवर्तनबारे प्रायः वृद्ध वृद्धा बेखबर रहने र कतिपय गुल्मी भन्दा बाहिर ननिस्किएकाहरू पनि भएकाले उहाँहरूको सम्मान स्वरूप गुल्मी मै पहिलो पटक दुइ दिने भ्रमणमा लागिएको जानकारी दिए । वडामा जम्मा ६८ बर्ष माथिका १६६ जना जेष्ठ नागरिकहरु रहेका छन। वडाको बार्षिक बजेट बाट जेष्ठ नागरिक भ्रमण शिर्षकमा २ लाख बजेट विनियोजन गरिएको थियो । उक्त बजेट बाट बचत भएको रकम बाट अति असक्त तथा भ्रमण कार्यक्रममा सहभागि नभएका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको थापाले बताए । जेष्ठ नागरिक इतिहासको ऐना भएकोले उनीहरुको सल्लाह सुझावलाई शिरोधार गर्ने उनको भनाइ छ ।जेष्ठ नागरिक समाजका गहना हुन् । बृद्ध बृद्धा हुदै गए पछि धार्मिक कुरामा मन रमाउने भएको कारण पनि जेष्ठ हरुलाइ यसप्रकारको भ्रमणको आयोजना गरिएको वडा सदस्य सुन्दर कुँवरले बताए । स्थायी घर गुल्मीदरबार गाउँपालिका वडा नं. ६ भई हाल बुटवल पव्लिक स्कुलका संचालक हेमलाल भुषालले सनिबार विहान आफ्नै विध्यालयमा खाजा नास्ताको निसुल्क ब्यवस्था मिलाएका थिए साथै मिरा ट्रस्टको तर्फबाट प्रत्येकलाई एकएक वटा आधा के.जि.को चेवनपरास समेत प्रदान गरेका थिए ।

विभिन्न कामको शिलसिलामा बुटवलमा बस्दै आएका ६ नं. वडाका रुपन्देहीमा संचालित विभिन्न संघ संस्था र सामाजिक ब्याक्तित्वहरुले आफ्ना बाबुआमा नाता गोताहरु र छरछिमेकी हरुलाइ वडा कार्यालयले धार्मिक भ्रमण गराएकोमा वडा कार्यालयलाई प्रशंसा गर्दै जेष्ठ नागरिकहरुलाइ फलफुल वितरण गरेका थिए । जेष्ठ नागरिक भ्रमण कार्यक्रममा जेष्ठनागरिकहरुको यात्रा ब्यवस्थापन गर्न वडा सदस्य रेशम प्रधान , विष्णु सुनार लगायत वडाका सम्पुर्ण जनप्रतिनिधि, कार्यपालिका सदस्य इश्वरि परियार, सनुदेवी कार्की ,जेष्ठनागरिकहरुलाई यात्रामा आउन सक्ने स्वास्थ्य समस्यालाई ब्यवस्थापन गर्नको लागि स्वास्थ्यकर्मी , टोल विकास संस्थाका स्वयंसेवकहरु महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र वडा स्थित कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*