गुल्मीमै पहिलो पटक कुपोषणको लागि बहिरङ्ग उपचार केन्द्र ( OTC) स्थापना

Spread the love

 रामकृष्ण कडेल , असार ४ गुल्मी 

एकीकृत बालरोग ब्यबस्थापन सम्बन्धी शिघ्र कुपोषणको लागि बहिरङ्ग उपचार सेवा गुल्निदरबार गाउपालिकाको गौडाकोट स्वास्थ्य चौकिमा शुभारम्भ भएको छ । शुक्रबार एक समारोहका बिच गुल्मिदरबार गाउपालिकाका अध्यक्ष सरोज कुमार थापाले २ जना कुपोषित बच्चालाइ RUTF प्रदान गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो । उदघाटन मन्तब्य राख्दै अध्यक्ष थापाले स्वास्थ्य र पोषणको लागि गाउपालिकाले उच्च प्राथमिकताका साथ कार्यक्रम ल्याउने जनाउदै मोटरबाटो, खानेपानी लगायतका पुर्बाधार मात्र नभई स्वास्थ्य,शिक्षा,कृषि,पशु लगायतका सेवाको बिस्तार गर्नु नै वास्तविक बिकास भएको औल्याउनुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय गुल्मिका प्रमुख पशुपती आचार्यले स्वास्थ्य तथा पोषणको क्षेत्रमा गुल्मिदरबार गाउपालिकाले नबिनतम कार्यक्रमहरु सन्चालन गरि देशमै उदाहरणिय बनेको जनाउनुभयो । कार्यक्रममा बोल्दै सुआहारा गुल्मिका पोषण अधिकृत लिल बहादुर नेपालिले गुल्मीदरवार गाउपालिकाका स्वास्थ्य तथा पोषण् सम्बन्धी कार्यक्रमहरु सबैको लागि नमुना बनेको बताउनुभएको थियो । अति शिघ्र कुपोषणको उपचारको लागि गुल्मी जिल्लामै पहिलो पटक यो सेवाको सुरुवात गरिएको छ | सेवा सुरु हुनुपुर्ब गुल्मी जिल्लाका कुपोषित बच्चाहरुको उपचारको लागि सेवा लिन पाल्पा र बुटबल जानुपर्ने बाध्यता थियो ।

उदघाटन कार्यक्रममा ,जनप्रतिनिधी,स्वास्थ्यकर्मी, स्वास्थ्य चौकी सन्चालन तथा ब्यबस्थापन समितिका पदाधिकारिहरु , महिला सामुदायिक स्वास्थ्य स्वायमसेविका , सेवाग्राही लगायत उपस्थिती रहेको थियो | गुल्मिदरबार गाउपालिकाका वडा न ३ का अध्यक्ष राम बहादुर थापाको अध्यक्षता,गाउपालिका अध्यक्ष सरोज कुमार थापाको प्रमुख आतिथ्यता,उपाध्यक्ष तारा थापा र स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपती आचार्य विशिष्ट अतिथी रहेको उक्त कार्यक्रममा गौडाकोट स्वास्थ्य चौकिका प्रमुख भेषराज पाण्डेको स्वागत मन्तब्य र कार्यक्रमको सहजिकरण गुल्मिदरबार गाउपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गर्नुभएको थियो ।

 

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*