केविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ क्रियसन नेपालद्धारा आयोजित तामाङ समूदायका बालबालिकाहरुको प्रतियोगितामुलक सौन्दर्य प्रतियोगिता फेस अफ तामाङ किड्स दोस्रो संस्करण २०२५ को उपाधी केबिक तामाङ र सरलिन तामाङले जितेका छन् । साउन १७ गते सुकेधारा स्थित नवदुर्ग ब्याङ्कुमा आयोजित फिनाले कार्यक्रममा अन्य दश प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले क्रमश बालक र बालिकातर्फ शिर्ष स्थान हासिल गर्दै फेस अफ तामाङ किड्स तामाङ्को उपाधी जितेका हुन् । प्रतियोगिता अन्तर्गत बालकतर्फ प्रतिस्पर्धामा फुर्बा तामाङ फस्र्ट रनर अप र दिप्सन तामाङ् सेकेण्ड रनर अप बन्न सफल रहे भने बालिकातर्फ सेलिना मोक्तान लामा फस्र्ट रनर अप र सोनाम डोल्मा पाख्रिन तामाङ सेकेण्ड रनर अप बन्न सफल रहे । फेस अफ तामाङ किड्सका सहभागीले करिब १ महिना रोजिन शाक्यको फेसन कोरियोग्राफी र डान्स डाईरेक्टर एमबि गुरुङ र डम्फु सम्बन्धी प्रशिक्षण संजीव तामाङ पुङदिला च्याङ्बा र तामाङ भाषा सम्बन्धी बिना लामाबाट प्रशिक्षण हासिल गरेपस्चात अन्तिम प्रतिस्पर्धामा भिडेका थिए ।

विश्व दोङ चाँदनी मोक्तान आरम्भ तामाङ निर्णायकको भूमिकामा रहेको उक्त कार्यक्रममा मिलन मोक्तान प्रमुख अतिथि र टेक तामाङ वीरेन्द्र वाइबा विशेष अतिथिका रुपमा रहनुभएको थियो । सोही अवसर माझ तामाङ समुदाय साथै राष्टिय आयामका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । युथ कृयशन नेपालद्वारा आयोजित फेस अफ तामाङ किड्स २०२५ मा सहभागीहरुलाई नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठानका सचिव तथा ओख्रेनी मा।वि। गोकर्णेश्वर नगरपालिका १, सुन्दरीजल काठमाडौकी शिक्षिका बिना वाइबाले तामाङ भाषाका वर्णमाला किताबहरू उपहार स्वरूप प्रदान गर्नुभएको थियो । उहाँले सहभागीहरुले तामाङ मातृभाषाको परिचय, महत्व , संरक्षण र सम्बर्द्धनको विषयमा विशेष जानकारी पनि गराउनु भएको थियो । सहभागी बालबालिकाको बौद्धिक सुन्दरता र प्रतिभालाई समाजमा स्थापित गर्न र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्ने उदेश्यसहित फेस अफ तामाङ किड्स आयोजना गरिएको तामाङ समुदायका लागि लामो समय देखि योगदान पुर्याउँदै सामाजिक कार्यमा अगाडि बढ्दै आउनुभएका युथ क्रियसन नेपालका संस्थापक अध्यक्ष रवि लामा तामाङले जनाएका छन् ।


Be the first to comment