२५ हजार नहुदा १० महिना देखि उपचारबाट बन्चित

Spread the love

 सुवास वि सी । १८ फागुन ,बुटवल ।

पातलो शरीर,मलिलो कपडा ।कल्सौदो अनुहार,झ्याप हेर्दा मधेसी वासिदा जस्तो देखिने । वर्ष २५ का शिव पुजन लोहर । उनी शिवराज नगरपालिका-७,जुम्ली कपिलवस्तुमा बस्छन । उनको अहिले दुबै मृगौलाले काम गर्दैन । करिब १० महिना देखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा डाइलोसिस गर्दै आएका छ्न । गत वर्षको होलिमा थरीथरिको रंगसंगै रमाउदै थिए,अर्को दिनबाट एक्कसी हातखुट्टा शरीर सुन्निन लाग्यो । नजिकको मेडिकलमा चेकजाँच गरेको मृगौलामा समस्य छ भन्यो,बुटवलमा उपचार गर्न सल्लाह दिए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा चेकजाँच गरेको दुबै मृगौलाले काम गर्न नसक्ने ,अब तुरुन्तै डाइलासिस गर्नु पर्छ डाक्टर भन्नू भयो । गोजिमा २ हजार थियो । इमर्जेन्सी डाइलासिस गर्नका लागि घाटिबाट गर्नु पर्ने थियो । ५/७ हजार खर्च लाग्थ्यो । त्यति पैसा नभएर म घर फर्के शिवले भने । आफन्ताको सहयोग र गाउँबाट चंदा उठाएर मेरो पहिलो डाइलासिस भयो । डाक्टरले छिट्टै हातमा फिस्टुला बनाउन सल्लाह दिनु भयो । चंदा उठाएर डाइलासिस सुरु गरेको म, छिट्टै फिस्टुला बनाउन सक्ने अवस्था थिएन उनले भने । चार दाजु भाई,तीन दिदिबहिनी मध्ये साईलो छोरा हुन शिव। तीन दिदीबहिनिको बिहे भै सक्यो । एक दाइ अलगै बस्नु हुन्छ । एउटा दाइले पलाई कम्पनीमा काम गर्नु हुन्छ,एक भाइ अहिले ७ कक्षामा पढ्दा पढ्दै भारत जागिर गर्न गएको छ उनले भने । बुबा आमा वृद्ध हुनुहुन्छ । काम गर्न सक्नु हुन्न । आम्दानीको स्रोत केही छैन । माइलो दाइको कमाइले जनतन घर र मेरो उपचार चलेको छ उनले भने । घाटिबाट डाइलासिस लामो समय सम्म गर्न खतरा हुने डाक्टरको सुझाव छ ।

तर शिवले १० महिना सम्म घाटिबाट नै डाइलासिस गर्दै आएका छ्न । कारण आर्थिक अभाव नै हो । डाइलासिस गर्न आउन जान नै पैसा पुग्दैन,कसरी फिस्टुला बनाउने , उनले भने । डाक्टरको बारम्बारको सल्लाह,नर्सको सुझावमा चंदा संकलन गरि करिब ५ महिनामा फुस्टुला बनाउने निर्णय गरे । भैरहवा मेडिकल कलेजले १६ हजारमा फिस्टुला बनायो । तर एक महिना नहुदै फिस्टुलाले काम गरेन, फेरि पनि बनाउन गए ७ हजार खायो । तर फिस्टुला बनेन, अहिले फिस्टुला फुटेर हात सुन्निएको छ उनले भने । “अहिले शरीरमा पानी पल्टेको छ,खुट्टा डर लाग्दो तरिकाले सुन्निएको छ । कुन दिन अकाल्मै ज्यान जाने हो थाहा छैन “रुदै उनले भने । बल्ल २५ वर्षको भए,कति सपना थिए, अहिले यो हालतमा छु । बाच्छु भन्ने आश मरि सक्यो । भक्कानिदै रुन थाले, नगरपालिकामा आर्थिक सहयोगका लागि गए,मेयरले १ हजार दिएर पठाए । हुन त नगरपालिकाले डाइलासिस गर्न आउन जान यातायात दिएको छ । त्यसैले सहज भएको छ । बायाँ हातको फिस्टुला फुट्यो,घाटिबाट गर्दा पाकेर खतरा भएको छ । पैसा छैन अर्को बनाउन । मर्ने त होला भन्दै रुन थाले, ” गाउँको एक जानले २०/२२ दिनका लागि फिस्टुला बनाउन पैसा दिनु भयो । काठमाडौ गएर फिस्टुला त बनाए,अब कसरी त्यो पैसा तिर्ने होला भनेर रात भरी निद्रा लाग्दैन ।” रुदै उनले भने । “म बाच्न चाहान्छु, कृपया मलाई बचाईदिनु” आर्थिक सहयोग गरि मेरो आयु थप्दिनुहुन सम्पूर्ण नेपालीलाई हार्दिक अपिल गर्दछु ।” उनले भने ।

 

नेपाल सरकारले मृगौला फेल भएका बिरामिलाई डाइलासिस निशुल्क गरेको छ। अति गरिब तथा विपन्नका लागि निशुल्क डाइलासिस सेवा लिन सक्ने अवस्था पनि छैन । त्यसैले अकाल ज्यान गुमाउन बाध्य छन नागरिक । सहयोगका लागी : विरामीको नाम : शिव पुजन लोहार ठेगाना :शिवराज नगरपालिका-७,जुम्ली कपिलवस्तु मोबाइल नम्बर : 9827534751 बैक : नेपाल इन्भेष्टमेन्ट मेगा बैक खाता नम्बर : 28005390251136 ( चन्द्रौटा शाखा )

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*