स्वास्थ्यकर्मीहरुको स्वतन्त्र पेशागत समुह स्वास्थ्यकर्मी युनियनको लोकप्रियता अझै ओझिलो  हुँदै

Spread the love
रामकृष्ण कडेल ,जेठ २३ ।
 मधेसी स्वास्थ्यकर्मी फोरम नेपालका बरिष्ठ केन्द्रीय उपाध्यक्ष  उपेन्द्र राउत सहित विभिन्न सङ्गठनबाट दर्जनौ स्वास्थ्यकर्मिहरु  स्वतन्त्र पेशागत समुह  नेपाल स्वास्थ्यकर्मी युनियनमा प्रबेश गरेका छन । धनुषाको लालगढमा जेठ २१ र २२ गते सम्पन्न नेपाल स्वास्थ्यकर्मी युनियनको केन्द्रिय कार्यसमितिको बैठकमा नव आगन्तुकहरुलाइ युनियनका  केन्द्रीय अध्यक्ष्य उज्जल कुमार शर्माले टीका लगाएर स्वागत गर्नुभएको थियो । स्वास्थ्यकर्मीहरुको  आन्दोलनको रुपमा बि . स . २०६२/६३ सालमा   गुल्मीबाट सुरु भै देशव्यापी आन्दोलन बाट स्वास्थ्यकर्मी हरुको हकहितमा  ऐतिहासिक निर्णयहरु पारित गराउन सफल भएको साझा सङ्गठन स्वास्थ्यकर्मी युनियन भएको केन्द्रिय अध्यक्ष उज्ज्वल कुमार शर्माले बताउनु भयो ।   सम्पुर्ण स्वास्थ्यकर्मीहरुको माग राखेर खोलिएको स्वतन्त्र ट्रेड युनियन स्वास्थ्यकर्मी युनियनमा ७७ वटै जिल्लाका पेशागत स्वास्थ्यकर्मी आवद्ध रहेका छ्न । केन्द्रिय बैठकले  विभिन्न १८  वटा निर्णयहरु सर्वसम्म्त परित गरिएको युनियनका केन्द्रिय उपाध्यक्ष नारायण प्रसाद अर्यालले बताउनुभएको छ । निर्णयहरु तपसिल बमोजिमको गरिएको छ ।
१)  सरकारी सेवामा कार्यरत ,बिभिन्न सेवा , समूह ,उपसमूहमा बहाल रहेका निजामति कर्मचारीहरु कर्मचारी समायोजन ऐनको एउटै बिधी र प्रकृयाबाट स्थानीय तहमा पठाईएको र समायोजित अन्य सेवा समूहका कर्मचारीहरूलाई स्थानिय भत्ता दिएको तर स्वास्थ्यकर्मीहरुलाई उक्त भत्ता नदिएको भन्ने गुनासो यत्रतत्र आईरहेको हुँदा अन्य सेवाका कर्मचारीहरु सरह स्वास्थ्यकर्मीहरुलाई पनि नियमानुसार पाउने  स्थानिय भत्ता उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गर्ने ।
२) स्थानिय तहमा समायोजन भई गएका स्वास्थ्यकर्मी र अन्य सेवाका कर्मचारीहरु बीच असमान हिसाबले ग्रेड संख्या हुनेगरि आफूखुशी संघमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निर्धारण गरेको ग्रेड संख्यालाई आधार मानि स्वास्थ्यकर्मीहरुको ग्रेड संख्या निर्धारण गरेको हुँदा स्थानीय तहमा समायोजित सबै कर्मचारीहरुमा एकरुपता हुनेगरि स्थानिय तहका कर्मचारीहरुलाई निर्धारण गरेको ग्रेड खुवाउन सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने।
३) स्वास्थ्य सेवामा तहगत प्रणालीमा रहेका स्वास्थ्यकर्मीहरुलाई श्रेणीगत प्रणालीमा आधारित रहेका कर्मचारीहरु समायोजन गर्न बनेको सफ्टवेयरमा हालेर एक तह पनि नदिई बिभेद गरेको र पद, तह, पदनाम र कार्यविवरण समेत फरक पर्ने गरी समायोजन गरिएको  साथै पछि समायोजन मिलाउने क्रममा दोहोरो सहमतिको नाममा दरबन्दी बिना समायोजन मिलान गरि तलब भत्ता समेत खान अप्ठयारो पारिएको हुँदा  त्यस्ता कर्मचारीलाई समायोजन भई गएको स्थानीय तहमा नै दरबन्दी श्रृजना गरि उक्त दरबन्दी किताबखानामा दर्ता गराई  नियमानुसार तलव भत्ता खुवाउने ब्यवस्था मिलाउन सम्बन्धित निकायमा पहल गर्ने।
४)समायोजन मिलान भई स्थानीय तह र प्रदेशमा गएका कर्मचारीहरुको काज, सरुवा, बिदा स्वीकृत गर्न सम्बन्धित तहको कानून अभावका कारण कर्मचारीहरु लाई पर्न गएको मर्का निवारणका लागि सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने ।
५) नियमित रूपमा भईरहेको स्तरबृद्धि प्रकृयालाई बिभिन्न बहानामा जटिल बनाईएको र स्वास्थ्यकर्मीमा प्रक्रियागत अफ्टेरो श्रृजना गरिएको हुँदा नेपाल स्वास्थ्य सेवा ऐनको दफा ९ बमोजिम योग्यता पुगि दर्ता हुन आएका फाईलहरु यथासिघ्र केलाई स्तरबृद्धि प्रकृयालाई अगाडि बढाउन सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने।
६) कर्मचारीहरु को बृद्धि विकासको मेरुदण्ड कार्य सम्पादन मूल्यांकन फाराम समयमै भरी तत् तत् निकायमा बुझाउने, सुपरिवेक्षक, पुनरावलोकनकर्ता, र पुनरावलोकन समिति बनाई संबन्धित तहमै मूल्यांकन गर्ने  र चाहिएको बखत गोपनियता का साथ सहज  उपलब्ध हुने ब्यबस्था मिलाउने साथै मूल्यांकन सम्बन्धमा राज्यका सबै तहमा एकरुपता कायम गर्न सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने ।
७)सातै प्रदेशका प्रादेशिक कार्यालय, अस्पताल तथा अन्य निकायहरु , स्थानीय तह अन्तर्गतका महानगर, उपमहानगर, नगर र गाउँमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालहरु एवं अन्य निकायहरुको एकरुपता हुनेगरि जनसंख्याको आधारमा दरबन्दी पुनर्संरचना गर्न र सम्बन्धित संस्थाको नाम दरबन्दी संख्यामा पनि एकरुपता हुनेगरि ब्यवस्थापन गर्न ओ एण्ड एम सर्वेक्षण गर्दा ट्रेड युनियनका पदाधिकारी हरु समेत राखि कार्य गर्न सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने ।
८)सरकारको नीति बमोजिम स्थानीय तहमा बन्ने नयाँ आधारभूत अस्पतालको वेड संख्या बराबर गर्ने, आवश्यकता र औचित्यताका आधारमा प्राथमिकीकरण गरि अस्पताल निर्माण थालनी गर्ने, स्वास्थ्य संस्था मर्मत  सोर्स फोर्स का आधारमा नगरि  स्थानिय आवश्यकता र भवनको जिर्णताको स्थिति अवलोकनका आधारमा गर्ने, डिपिआर गर्ने प्राबिधिक मन्त्रालयका कर्मचारीले देखाईदिने भन्ने गुनासो आएकोले उक्त गुनासो सम्बन्धित निकायमा तत्काल पु-याई त्यस्ता गलत कार्यको निराकरण गर्ने लगायतका कुराहरुमा सम्बन्धित निकायमा यथासिघ्र पु-याउन पहल गर्ने।
९) स्वास्थ्य सेवा ऐन अलग्गै राख्न पहल गर्ने साथै स्वास्थ्य सेवालाई संघ अन्तर्गत राखि कर्मचारी योजना, संस्थागत योजना,कर्मचारी परिचालन , बृद्धि विकास,खटनपटन संघले नै गर्ने ब्यबस्था मिलाउन पहल गर्ने।
१०) राज्यका सबै तहबाट स्वास्थ्य सेवालाई परिचालन तथा व्यवस्थापन गर्न वन्ने ऐन, नियम, निर्देशिका, मापदण्ड, कार्यविधी बनाउँदा ट्रेड युनियनका पदाधिकारीहरु राखेर मात्र बनाउन सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने।
११) बागमति प्रदेशले हालै जारी गरेको अध्यादेश नेपालको विद्यमान प्रचलित ऐन, कानूनको विपरित भएको र स्वास्थ्य सेवा ऐन जीबित रहँदा रहँदै उक्त ऐनसंग बाझिनेगरि ल्याईएको हुँदा सो ऐन खारेजीको माग गर्ने।
१२) प्रदेश अन्तर्गत रहेका स्वास्थ्य कार्यालयहरुमा दरबन्दी र सेवा बृद्धि गरि स्थानीय तहलाई नियमन गर्ने अधिकार दिनुपर्ने साथै स्थानीय तहका स्वास्थ्य शाखामा प्लानरहरुको दरबन्दी राखि जनस्वास्थ्य कार्यक्रमलाई अभिबृद्धि गर्न सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने।
१३) प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई आएका कर्मचारीलाई राष्ट्रिय निजामति किताबखानाले दर्ता नगरेको हुँदा प्रदेश निजामति किताबखानाको स्थापना गरि नयाँ सिफारिस भएका कर्मचारीहरुको सिटरोल दर्ता गर्ने र सबै स्थानीय तहका वडाहरुमा खोलिएका स्वास्थ्य संस्थाको संस्था तथा दरबन्दी दर्ता गर्न सम्बन्धित निकायमा यथासिघ्र पहल गर्ने।
१४)नेपाल स्वास्थ्यकर्मी युनियनको स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरु यहि २०७९ माघ मसान्तसम्म सम्पन्न गरि केन्द्रीय महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधिहरु छनौट गरि पठाउन   सम्बन्धित प्रदेशलाई जिम्मेवारी दिने।
१५) २०७९/०२/१३ गतेको सचिवालय बैठकले गरेको निर्णय अनुमोदन गर्ने।
१६) नेपाल स्वास्थ्यकर्मी युनियनमा आबद्ध रहि लामो समयसम्म नेपाल सरकारको सेवामा अनवरत रहि सेवा निवृत्त हुनुभएका पदाधिकारी तथा सदस्य साथीहरुलाई आगामी केन्द्रीय महाधिवेशनबाट दीर्घ सेवा सम्मान बाट सम्मानित गरि केन्द्रीय परिषदमा क्रियाशिल गराई राख्ने ।
१७) मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका बरिष्ठ उपाध्यक्ष श्री उपेन्द्र राउत नेपाल स्वास्थ्यकर्मी युनियनले गरेका प्रशंसा योग्य कार्यबाट प्रेरित भई नेपाल स्वास्थ्यकर्मी युनियनको विधानमा सम्माहित हुनुभएकोले वहाँलाई आजीवन सदस्यता प्रदान गरि केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित गर्ने साथै विविध कारणले निस्कृय रहनुभएका  नेपाल स्वास्थ्यकर्मी युनियनका आजीवन सदस्य श्री प्रमोद कुमार पण्डितलाई  केन्द्रीय कार्यसमितिको सदस्य मा मनोनित गर्ने ।
१८) बिबिध:-
* अध्ययन तथा असाधारण बिदालाई सहज बनाई ऐन नियम बमोजिम तोकिएको मापदण्ड पुरा गरि पेश भएका फाईलहरु तत्काल कार्यान्वयन गराउन पहल गर्ने।

समाचार

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

Spread the love

Spread the loveभाद्र १६ बुटवल ।गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

समाचार

रजा ए मुस्ताफा जामे मस्जिदकाे रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन

Spread the love

Spread the love प्रकाश टन्डन (रुपन्देही)   रजा ए मुस्तफा जामे मस्जिद समिती बुटवल १ , रुपन्देहीले यहि श्रावण १५ गते

समाचार

उजाडिएको गाउँ, सुन्दर वातावरण छोडेर भरिएको सहर

Spread the love

Spread the love“राजा बसेको हाम्रो गुल्मि चारपाला बसाइँ सराई ले रितिदै” गुल्मी जिल्लाको सदरमुकाम तम्घास बाट १५ किलोमिटरमा पर्ने रेसुङ्गाको

समाचार

सिताराम मन्दिर ब्यबस्थापन समितीको अध्यक्षमा धाम बहादुर धुरेल

Spread the love

Spread the love प्रकाश टन्डन (गुल्मी)     गुल्मी दरबार गापालिका र रेसुङ्गा नगरपालिकाको सङ्गम स्थल रेसुङ्गाको भुवाने पार्कमा अबस्थित राम्चेडाडामा

समाचार

लायन्स र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा पहिरो प्रभावित क्षेत्रमा ३०० बृक्षारोपण

Spread the love

Spread the loveलायन्स क्लब अफ बुटवल सेन्ट्र्ल र लियो क्लब अफ बुटवल सेन्ट्रलको संयुक्त आयोजना तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा मिति

समाचार

बि.पि कोइराला र पुष्पलालको स्मृतिमा गुल्मीको मालिका गाउपालिका-५ ले गर्‍यो बृक्षारोपण कार्यक्रम

Spread the love

Spread the loveगुल्मी जिल्लाको मालिका गाउँपालिका वडा न. ५ छापहिलेको नुन्थला क्षेत्रमा वडा कार्यलको आयोजनामा शिखर पुरुष द्वय स्वर्गीय बि.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*