रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको २२ औ पदस्थापन समारोह सम्पन्न

Spread the love

बुटवल

रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको २२ औ पदस्थापन समारोह सम्पन्न भएको छ।  बुटवल डाउनटाउन वर्ष २०२३ २४ का अध्यक्ष कृष्णप्रसाद घिमिरेले वर्ष २०२४ २५ का अध्यक्ष र रोट्रयाक्टर डिल्लीराज ढकाललाई आफ्नो पद हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा आफ्नो पद हस्तान्तरण गर्दै आफ्नो कार्यकालमा  गरेका गतिविधिहरूको बारेमा जानकारी गराउनुभएको थियो भने वर्षभरि आफूलाई सहयोग गर्ने क्लबका बोर्डका पदाधिकारीहरु सदस्यहरु  पूर्व अध्यक्षहरु  लगायतलाई मायाको चिनोबाट सम्मान गर्नुभएको थियो। कार्यक्रममा  जोन  १८ का जेड आर आर दिवस खनाल रोट्रयाक क्लब बुटवल डाउनटाउनका पूर्व अध्यक्ष एवं काउन्सिल चेयर बालकृष्ण पाण्डे, रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवाली, रोटरी जोन ३३ का एसिस्टेन्ट गभर्नर हिमाल गैरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमका बोल्दै विशिष्ट अतिथि रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम क्षेत्रीले वर्ष २०२३लाई सफल रूपमा सम्पन्न गर्न सफल हुनुभएकोमा कृष्णप्रसाद घिमिरे र उहाँको टिमलाई बधाई ज्ञापन गर्नुभएको थियो। भने भने नवनिर्वाचित अध्यक्ष डिलीराज ढकाललाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो। सँगै रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ ले अघि सारेका योजनाहरू विशेषगरी पाँचवटा विधामा केन्द्रित रहेर  यो वर्ष क्लबका गतिविधिहरु सञ्चालन गर्न आग्रह गर्नुभएको थियो थियो भने डिस्ट्रिक्टको तर्फबाट  जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि कान्तिपुर टेलिभिजनको बहुचर्चित कार्यक्रम फायर साइडका प्रस्तोता एवं युथ मोटिभेटर रुपेश श्रेष्ठले रोट्रयाक्टको माध्यमबाट थुप्रै युवाहरू सामाजिक कार्यमा जोडिनु र आफ्नो व्यक्तित्व र नेतृत्व विकास गर्नु सकारात्मक पक्ष रहेको बताउनुभयो भने केहि परम्परागत शैलीलाई परिवर्तन गर्दै थप परिस्कृत भएर अगाडि बढ्नका लागि  सुझाव पनि दिनुभयो ।हरेक परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने बताउँदै करिब २२ वर्षको विरासत बोकेको रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले रोट्याक्टर डिलीराज ढकालको नेतृत्वमा यो वर्ष क्लबलाई थप उचाइमा पुर्याउनुपर्ने भन्दै शुभकामना व्यक्त गर्नुभयो। पदस्थापन समारोहमा पदभार ग्रहण गर्दै वर्ष २०२४-२५ का अध्यक्ष डिलीराज ढकालले आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गर्दै आफ्नो थिम  रिलिज गर्नुभएको थियो सँगै वर्ष २०२४२- ५ का लागि सम्पूर्ण बोर्डका पदाधिकारी एवं  सदस्यहरूलाई परिचित गराउनुभएको थियो।

रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका प्रेसिडेन्ट इलेक्ट एवं पदस्थापन समारोह संयोजक आविष्कार खनालको स्वागत, प्रेसिडेन्ट नोमिनी महेश खनालको धन्यवाद , २३-२४  का सचिव  संजीव सुनार र  २४-२५ का सचीव मन्जु गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा रोट्रयाक्ट क्लब बुटवल डाउनटाउनका संस्थापक सदस्यहरु पूर्व अध्यक्षहरु रोटरी क्लबका क्लबका पूर्व अध्यक्षहरु, पदाधिकारी रोट्र्याक डिस्ट्रिक्ट अफिसियल, विभिन्न क्लबका अध्यक्ष एवं प्रतिनिधि, संचारकर्मि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*