प्रकाश टन्डन (रूपन्देही)
टन्डन समाज नेपालको प्रथम साधरण सभा तथा प्रथम अधिबेशन गत सनिवार जेठ २७ गते बुटवल रुपन्देहीमा सम्पन्न भएको छ । कार्यक्रममा सि .टि.भि.टि का निबर्तमन अध्यक्ष डा. जय बहादुर टन्डनको प्रमुख आतिथ्यतामा कार्यक्रम सन्चालन भएको थियो भने अतिथिमा ग्रीन सिटि हस्पिटल काठमाडौका सन्चालक लोक बहादुर टन्डन लगाएतको उपस्थित थियो । । कार्यक्रममा बोल्दै डा. टन्डनले पुर्खाको इतिहास , धर्म , सस्कृती हामिले जोगाउनु पर्ने र हामी पछिका पुस्तालाइ पनि टन्डन नेपालमा कसरी स्थापित भयो र यस्को महत्त्व बारे बुझाउनु पर्ने आबस्यक्ता रहेको बताउनुभएको थियो ।
टन्डन समाज नेपालले नौ सदस्य कार्यसमिती पनि गठन गरेको छ । जस्मा अध्यक्ष यम बहादुर टन्डन, उपाध्यक्ष साबित्रा टन्डन , सचिब बिजय बिक्रम टन्डन , कोषाध्यक्ष काजिमान टन्डन , सह-सचिब बिकास टन्डन , सदस्यहरुमा कृष्ण कुमारी टन्डन , सुमित्रा टन्डन , ताम बहादुर टन्डन , ढग बहादुर टन्डन रहनुभएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष यम बहादुर टन्डनले टन्डन समाजले इतिहास जोगाउनुका साथै समाज सेवामा पनि निरन्तर अगि बढने बताउनुभएको थियो ।समाजले अधिबेशनकै अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ । कार्यक्रममा बुद्दिजिबी , समाजसेबि, पत्रकार लगाएतको उपस्थिति थियो भने कार्यक्रम सन्चालन सचिब बिजय बिक्रम टन्डनले गर्नुभएको थियो ।
Be the first to comment