कञ्‍चन गाउपालिमा कपडा बैंक शुभारम्भ, गाउपालिका मध्ये देशभरीमै पहिलो 

Spread the love

मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको कञ्चन गाउँपालिकामा सञ्चालनमा आएको छ। मंगलबार एक कार्यक्रमका बिच कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा मगर, प्रमुख प्रशासकिय अधिकृत सागर गौतम, जेसीआई कञ्चनका अध्यक्ष जेसी धनपति ज्ञवाली (सन्देश) लगायतले क्लोथ बैंकको उद्घाटन गरेका छन्। क्लोथ एण्ड फूड बैंक नेपालले प्रयोगमा नआएका घरमा यत्तिकै रहिरहेका पुराना लत्ता कपडा संकलन गरी पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने जनाएको छ।

क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सीले देशका सातै प्रदेशमा यो अभियान सञ्चालन हुने बताए। देशभरका स्थानीय सरकार तथा विभिन्न संघ-संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान गरे। मानव सेवाको लागि पुरानो कपडालाई पुनः प्रयोग भन्ने मुल नाराका साथ नितान्त सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकतम सेवा लिन समेत उनले आग्रह गरे। कञ्चन गाउँपालिकाका विभिन्न स्थानमा कपडा संकलनका लागि बक्स राखिने र संकलित कपडालाई पुनः प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने अध्यक्ष जि.सीले बताए। कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नवराज ढकालले कपडाविहीनलाई कपडा दिने र कपडाविहीन मुक्त गर्ने पुण्य कार्यमा जोडिन सबैलाई आग्रह गरे। समाज परिर्वतनका लागि युवा समुहहरूले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफु संलग्न हुन पाउँदा र क्लोथ बैंक सञ्चालनमा कञ्चन गाउँपालिका देशमै पहिलो गाउँपालिका बनेकोमा खुसी व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्न सक्ने भन्दै क्लोथ बैंकमा आफूलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सबैलाई आग्रह गरे । शुभारम्भ कार्यक्रममा जेसी धनपति ज्ञवाली (सन्देश)ले जेसीआईको आस्था “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” लाई आत्मसात गर्दै पुण्य कार्यमा सहकार्य गर्न पाएकोमा फूड एण्ड क्लोथ बैंक नेपालले जेसीआई नेपालका १७८ स्थानीय शाखा मध्य जेसीआई कञ्चनलाई छनौट गरी अवसर प्रदान गरेको धन्यवाद व्यक्त गर्दै यो पुनित कार्यको लागि सदैव हातेमालो गर्ने प्रतिबद्धता सहित अभियान सफलताको शुभकामना व्यक्त गरे। केही दिन अघि मात्र रुपन्देहीको बुटवल उपमहानगरपालिकाबाट यो अभियानको औपचारिक सुभारम्भ भएको थियो । देशका विभिन्न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन मार्फत आवश्यकताका आधारमा वितरण गरिनेछ । क्लोथ बैंकका अध्यक्ष जिसीले आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र २०८२ देखि देशभर फूड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना बनाएको बताए । उनका अनुसार अहिलेसम्म १५४ वटा स्थानीय तह यो अभियानमा जोडिएका छन्। क्लोथ बक्स सुभारम्भ कार्यक्रम संचारकर्मि आबिस्कार खनालको संचालन तथा दिप्लव क्षेत्रीको स्वागतमा सम्पन्न भएको थियो ।

समाचार

२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

Spread the love

Spread the love२४औँ स्थापना दिवसको अवसरमा रोटार्याक्ट क्लब अफ बुटवल डाउन टाउनद्वारा १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण । कपिलवस्तु, रोटार्याक्ट

समाचार

नेपालकै स्टार कलाकारसँग लाइभ मनोरञ्जन, बोनसमा प्रिमियम बार र स्वादिष्ट खानाको मजा -Sarthak Majheri Tv

Spread the love

Spread the loveकाठमाडौं – नेपालको मौलिक रोधी संस्कृतिलाई आधुनिक आतिथ्यसँग संयोजन गर्ने उदेश्यसहित स्थापना गरिएको रोयल नेपाल रोधी क्लब ले आफ्नो

समाचार

गुल्मी चारपालाबासीमा तीजको रौनक तीज मिलन सङ्गै साधारण सभा-Sarthak Majheri Tv

Spread the love

Spread the loveगुल्मी चारपालाबाट गई रुपन्देहीलाई कर्मथलो बनाएर बस्नुभएका गुल्मेलीहरुको साझा संस्था गुल्मी चारपाला रुपन्देही सम्पर्क समाज तिलोत्तमा–३ रुपन्देहीले सामाजिक

समाचार

फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि केविक तामाङ र सरलिन तामाङलाई-Sarthak Majheri Tv

Spread the love

Spread the loveकेविक तामाङ र सरलिन तामाङले जिते फेस अफ तामाङ किट्स सिजन टु २०२५ को उपाधि काठमाण्डौ । युथ​

समाचार

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष र सचिवहरूको प्रथम भेला विराटनगरमा सम्पन्न

Spread the love

Spread the loveरोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको आयोजना एवं  रोट्रयाक्ट क्लब अफ विराटनगर, विराटनगर सेन्ट्रल, विराटनगर डाउनटाउन, नोबेल मेडिकल कलेज

समाचार

गुल्मीको छत्रकोट गाउँपालिकामा कपडा बैंक सञ्चालन हुने

Spread the love

Spread the loveगुल्मी छत्रकोट गाउँपालिकाको कार्यालय गुल्मीमा कपडा बैंक सञ्चालन हुने भएको छ।छत्रकोट गाउँपालिकाको कार्यालय र क्लोथ एण्ड फुड बैंक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*